Admission Open

सेयर बजारमा सुधार : नेप्से ४१.३९ अंकले बढ्दा १ अर्ब ४३ करोडको कारोबार

काठमाडौं : साताको दुईदिन ओरालो लागेपछि आज सेयर बजारमा हरियाली देखिएको छ । साताको पहिलो कारोबार दिन आइतबार उच्च अंकले बढे पनि सोमबार र मंगलबार गिरावट भएको नेप्से परिसूचक आज भने वृद्धि भएर कारोबार बन्द भएको छ ।

आज नेप्से ४१ दशमलव ३९ अंकले बढेर एक हजार नौ सय ६२ दशमलव ७१ अंकमा चढेको छ भने सेन्सिटिभ इन्डेक्स पनि ६ दशमलव ५५ अंकले बढेर तीन सय ७९ दशमलव १५ अंकमा चढेको छ ।

आज दुई सय २८ कम्पनीको २९ हजार चार सय ३४ पटकको कारोबारमा ४३ लाख ६८ हजार चार सय ३९ कित्ता सेयर खरिद–बिक्री हुँदा कुल कारोबार एक अर्ब ४३ करोड १४ लाख पुगेको छ ।

आज १३ वटै उपसमूहमा हरियाली छाएको छ । यस दिन व्यापार समूहको सेयरमूल्यमा ६ दशमलव ५६ प्रतिशतको उछाल आएको छ । त्यस्तै विकास बैंक, फाइनान्स, हाइड्रोपावर, अन्य समूहलगायत सेक्टरको सेयर मूल्यमा पनि उल्लेख्य वृद्धि भएको छ ।

कारोबार आएका कम्पनीहरुमध्ये १८१ कम्पनीको सेयर मूल्य बढेको छ, भने ९ कम्पनीको सेयर मूल्य घटेको छ । ३ कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन आएको छैन । बुधबार ङादी ग्रुप पावर कम्पनीको सर्वाधिक कारोबार भएको छ । कम्पनीले ५ करोड ४२ लाख रुपैयाँ बजारको कारोबार गरेको छ ।

आँधीखोला लघुवित्त, र सिवाईसी लघुवित्तको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । त्यस्तै, वरुण हाइड्रोपावर, सप्तकोशी डेभलपमेन्ट बैंक, ग्रीन भेन्चर्सलगायत कम्पनीका लगानीकर्ताले सर्वाधिक नाफा कमाएका छन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...