
पोखरा महानगरपालिका वडा नम्बर २२ मा गए राति (शुक्रबार) फुर्से खोलाले बगाउँदा एक जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा पोखरा २२ का बासिन्दा ५० वर्षीय टेक नाथ बराल रहेका छन् ।
बरालको शव आज बिहान बिहान ७ बजे पोखरा –२२ पिपलडालीमा रहेको खोला नजिकै खेतको बीचमा भेटिएको हो। मृतक बरालको शव पोस्टमार्टमको लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको कास्की प्रहरीले जानकारी दिएको छ ।


