Organ Donation

Organ Donation

Mangalam Pipes

एकीकृत समाजवादीले मन्त्री परिवर्तनको सूचीमा हेरफेर नगर्ने

[ समाजवादीका ६ सांसदले लिए हस्ताक्षर फिर्ता ]

काठमाडौंः नेकपा एकीकृत समाजवादीले मन्त्रीमा सिफारिस गरिएका व्यक्तिहरूलाई तत्काल शपथ गराउन प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराउने निर्णय गरेको छ ।

शनिबार काठमाडौंमा बसेको केन्द्रीय कमिटीको बैठकले पार्टीले मन्त्रीमा सिफारिस गरेका व्यक्तिहरूलाई तत्काल शपथ गराउन प्रधानमन्त्रीको ध्यानाकर्षण गराउने निर्णय गरेको हो । एकीकृत समाजवादीबाट सिफारिस भएका व्यक्तिहरूको शपथमा ढिलाइ भए अपमानका रूपमा बुझिने बैठकपछि प्रवक्ता जगन्नाथ खतिवडाले बताएका छन् ।

वर्तमान सत्ता गठबन्धनको निरन्तरतामा जोड दिँदै पारस्परिक लाभका आधारमा अरू दलसँग सहकार्यका निम्ति गठबन्धन गर्न पार्टी तयार रहेको उनले बताए ।

बैठकमा आम निर्वाचनको तयारी गर्नेलगायत विषय समेटिएको राजनीतिक प्रतिवदेनमाथि छलफल भएको र केन्द्रीय परिषद्को बैठकमा समूहगत रूपमा छलफल हुने खतिवडाले बताए ।(न्यूज कारखाना)

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...