Admission Open

टेक्सास म्यानेजमेन्ट एण्ड आइटी करियर फेयर सम्पन्न

काठमाडौं : काठमाडौंको सिफलमा रहेको टेक्सास इन्टरनेशनल कलेजको आयोजनामा टेक्सास म्यानेजमेन्ट एण्ड आइटी करियर फेयर सम्पन्न भएको छ ।

शुक्रबार सम्पन्न फेयरमा एफ वान सफ्ट, इसेवा, एमएडब्लु, प्रभुपे, सफ्ट टेक फाउन्डेसन, लिपफ्रग लगायतका ३० भन्दा धेरै कम्पनी सहभागि थिए ।

बिहान १० बजेदेखि दिउसो ४ बजेसम्म संचालन भएको फेयरमा लाइभ म्युजिक पनि प्रस्तुत गरिएको थियो । फेयरको करिव १ हजार भन्दा धेरै विद्यार्थीले अवलोकन गरेको बताइएको छ ।

विद्यार्थीलाई औपचारिक शिक्षामा मात्र सिमित नराखी उनिहरुको योग्यता, दक्षता र रुचीको आधारमा विश्व बजारमा प्रतिश्पर्धा गर्नसक्ने जनशक्ती तयार पार्ने उदेश्य कलेजको रहेको र सोही अनुशार कार्यक्रम गरिएको बताइएको छ ।

विभिन्न कम्पनीमा इन्टर्नसीप र जव प्लेसमेन्टका लागि १ सय ३० भ्याकेन्सी खालि रहेको पनि सो अवसरमा जानकारी दिइयो । कलेजमा बिएचम अध्ययन गर्ने विद्यार्थीले खाना तयारपारी अतिथिलाई खुवाएका थिए ।

फेयरको उद्घाटन समारोहमा काठमाडौं महानगरपालिका ७ का वडा अध्यक्ष विमलकुमार होडा, फोब्स पत्रिकाको सूचीकरणमा परेका ३० वर्षमुनिका ३ जना उद्यमीको सहभागिता थियो ।

टिप्पणिहरु
Loading...