त्यसैगरी सफा हिमाल अभियानका निर्देशकले भने, ‘सफा हिमाल अभियान २०२२ अन्तर्गत अभियानमा हामीले ४ वटा हिमालबाट ३३ हजार केजी फोहोर संकलन गर्न सफल भएका छौँ। प्रतिकूल मौसमी अवस्था र अत्यधिक उचाइका कारण यो काम चुनौतीपूर्ण र जोखिमपूर्ण थियो तर अभियान पूरा गर्दै राष्ट्रको स्वाभिमान जोगाउने कार्यमा आफ्नो भूमिका निर्वाह गर्न पाएकोमा हामी खुशी छौँ। वातावरणसम्बन्धी जिम्मेवार संस्थाहरुको साझेदारी र उहाँँहरुको अथक सहयोगका लागि हामी आभारी छौँ। यसका साथै यस अभियानको सुरुआतदेखि नै हामीलाई प्रदान गर्नुभएको निरन्तर सहयोगको लागि कोका–कोला फाउन्डेसनप्रति कृतज्ञ छौँ।’

कोका–कोला फाउन्डेसनकी अध्यक्ष साडिया माड्सब्जर्गले भनिन्, ‘माउन्टेन क्लिन–अप क्याम्पेनसँग कोका–कोला फाउन्डेसनको साझेदारी भन्नु नै फोहोर–मुक्त वातावरण निर्माणको लागि सम्बन्धित सबैलाई एक ठाउँमा ल्याउने हाम्रो दृढ प्रतिबद्धता हो। यी हिमाल आफ्नो प्राकृतिक सौन्दर्यको लागि विश्व प्रसिद्ध हुनुको साथै नेपालीहरुसँग सांस्कृतिक रुपमा पनि जोडिएका छन्। यस्तो मजबुत प्राकृतिक–संस्कृतिक बन्धनले वासस्थान संरक्षणमा प्रमुख भूमिका खेल्छ। हिमालयको प्राकृतिक सौन्दर्यलाई धेरै पछिसम्म सुरक्षित राखिरहनको लागि कोका–कोला फाउन्डेसनले सदैव सहयोग गरिरहनेछ र आशा छ कि यस्ता कार्यक्रमहरुले नेपाल र विश्वभरी नै अझ बढी जलवायुसम्बन्धि कार्यक्रमहरु सञ्चालन गर्न हौसला दिनेछ।’