
पोखरा : पोखराको फुस्रे खोलामा पौडी खेल्ने क्रममा बेपत्ता भएका गुरुङको शव फेला परेको छ ।
पोखराको दोबिल्लामा रहेको फुस्रे खोलामा पौडी खेल्ने क्रममा स्याङ्जा जिल्लाको पुतलीबजार नगरपालिका ७ बेशीगाउँका पूर्ण गुरुङ शनिबारको दिउसोबाट बेपत्ता भएका थिए । बेपत्ता भएका गुरुङको शव सोमबार बिहान साढे ८ बजे पोखरा महानगरपालिका -३३ मुसीटुडा भन्ने ठाउमा पानीमा तैरिहरेको अबस्थामा फेला परेको हो ।


