Admission Open

पाकिस्तान तालिबानद्वारा सरकारसँग अनिश्चितकालीन युद्धविराम घोषणा

काठमाडौँ : पाकिस्ताको तालिबान समूहले पाकिस्तान सरकारसँग अनिश्चितकालीन युद्धविराम घोषणा गरेको छ । अफगानिस्तानको तालिवान सरकारको मध्यस्थतामा वार्ता भएपछि पाकिस्तानी तालिवानले युद्धविराम घोषणा गरेको हो ।

दी पाकिस्तानी तालिवान (टीटीपी) ले काबुलमा भएको वार्तामा पर्याप्त प्रगति भएको र अर्को सूचना नभएसम्मका लागि युद्धविराम लम्बिएको जनाएको छ ।
पाकिस्तानी सरकारी अधिकारीले वार्ता सकारात्मक दिशामा अघि बढेको जनाएको छ । टीटीपीले पाकिस्तानको सशस्त्र फौजसँग वर्षौंदेखि लडिरहेको छ ।

टीटीपीले अफगानिस्तानको सीमानामा रहेको पाकिस्तानी क्षेत्रहरूमा शरिया कानूनको कठोर ढंगले लागू गर्न चाहन्छ । पहाडी क्षेत्र लामो समयदेखि चरमपन्थी गतिविधिको केन्द्र बनेको छ । समूहले अफगान तालिबानसँग घनिष्ठ तर अस्पष्ट सम्बन्धको फाइदा लिएको बीबीसीले जनाएको छ ।-एजेन्सी

टिप्पणिहरु
Loading...