Admission Open

सोंपाल समाज युके र हङ्कङदरा विद्यालयलाई सहयोग

काठमाडौं : बेलायतमा च्यारिटी कमिसनमा रजिष्टार भएको संस्था साेंपाल समाज युकेले आधारभूत विद्यालयलाई आधुनिक खेल मैदान तथा भवन निर्माणका लागि सहयोग रकम हस्तान्तरण गरेको छ ।

समाजले पोखरामा आज एक कार्यक्रमको आयोजना गरि आँधीखोला गाउँपालिका १ बेझाङ् स्याङ्जा स्थित आधारभूत विद्यालयलाई सहयोग रकम हस्तान्तरण गरेको हो । बिगत लामो समयदेखि अगाडि बढ्न नसकेको उक्त खेल मैदानलाई त्यहाँका युवा अभियान्ताहरू राजेन्द्र गुरुङ, गमबहादुर गुरुङ, भरत गुरुङ र विनप्रसाद गुरुङले नयाँ परिकल्पनासहित अगाडि बढाउने जमर्काे गरेका थिए । उनीहरूकै परिपत्र र आग्रहलाई स्विकार गर्दै सोंपाल समाज युके र हङ्कङ्ले सहयोग प्रदान गरेको हो ।

पोखरामा आयोजित उक्त कार्यक्रममा बेझाङ् लेम्मे भाइखलक बहुउद्देश्यीय भवनका अध्यक्ष चन्द्रमान गुरुङलाई उक्त खेल मैदान निर्माण र विद्यालय मर्मतका निम्ति सोंपाल समाज युकेका संरक्षक तथा सल्लाहकार दिपक गुरुङ (डेभिड) ले सहयोग स्वरूप ५ लाख २० जार ३५२ रूपैयाँ हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा सोंपाल समाज हङ्कङ्मा जम्मा भएको सहयोग रकम ३ लाख ९७ हजार ९५० हङ्कङ् सोंपाल समाजका कोषाध्यक्ष गमबहादुर गुरुङले हस्तान्तरण गरेका थिए । कार्यक्रममा सहभागी युवाहरूले खेल मैदान बनाउने सपना साकार भएपछि जिल्ला स्तरीय खेलकुद कार्यक्रमको आयोजना गर्ने उद्घोष गरेका छन् ।

सोंपाल समाज युकेका संरक्षक दिपक गुरुङ (डेभिड)ले उक्त कार्यक्रमको पुरस्कार प्रायोजनको अवसर आफुलाई दिन आग्रह गर्दै आफ्ना बुबा स्वर्गीय भूपू प्रधानपञ्च लालबहादुर गुरुङ र आमा स्वर्गीय उजेली गुरुङको नाममा प्रायोजन गर्ने बताउँदै बुबाको शिक्षाक्षेत्र प्रतिको निष्ठा र लगावका कारण आफू सामाजिक कार्यमा अग्रसर भएको बताए ।

चिप्लेढुंगास्थित सिएन रेमेन गेल्ली रेष्टुरेण्टमा आयोजना गरिएको कार्यक्रममा सोंपाल समाज पोखराका संरक्षक एएसपी किशोर गुरुङलगायत समाजका सल्लाहकार एवं पदाधिकारीहरूको उपस्थित रहेको थियो ।

कार्यक्रमको समापन गर्दै बेझाङ् लेम्मे भाइखलक बहुउद्देश्यीयका अध्यक्ष चन्द्रमान गुरुङले बालबालिका र युवाहरूको भविष्यका निम्ति गरिएको सहयोग र आफ्नो गाउँप्रतिको प्रेमका निम्ति सोंपाल समाज युकेका अध्यक्ष श्रीप्रसाद गुरुङ र कार्यसमितिमा आवद्ध सम्पूर्ण सहयोगीहरूलाई धन्यवाद दिए । त्यस्तै सोंपाल समाज हङ्कङ्का अध्यक्ष यमबहादुर गुरुङ र कार्यसमितिमा आवद्ध सम्पूर्ण सहयोगी दाताहरूलाई धन्यवाद दिए ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...