Admission Open

योग्यताअनुसारको अवसर प्रदान गर्दै कुमारी जब

काठमाडौँ : हरेक मानिसको आफ्नो योग्यताअनुसारको जागिर खोज्ने र आफू तथा आफ्नो परिवारका लागि आरामदायी जीवनको सुरक्षा गर्ने सपना हुन्छ। तर, सबैले आफूले सोचेजस्तो र आफ्नो योग्यताअनुसारको जागिर पाउन सकेका हुँदैनन्।

नेपालमा एउटा त्यस्तो रोजगारदाता पनि छ, जसले जागिर लगाइदिएमार्फत एक रुपैयाँ पनि शुल्क लिँदैन। त्यतिमात्र हैन जागिर खोज्न र सीभी बनाउन पनि कुनै शुल्क लिँदैन र यसले प्रदान गर्ने सम्पूर्ण रोजगारी नेपाल सरकारले तोकेको न्युनतम मापदण्डअनुसारको हुने गर्छ।

कुमारी जबमा दर्ता भएका लाखौँ उम्मेदवारहरुमध्ये ७०% भन्दा बढी अहिले राम्रो संघसंस्थाहरुमा कार्यरत छन्। हाल कुमारी जबसँग एसियन पेन्ट्स, बर्जर पेन्ट्स, चौधरी ग्रुप,सामसङ, पेप्सीलगायत अन्य बहु–राष्ट्रिय संस्थाहरु; पञ्चकन्या ग्रुप, विशाल ग्रुप, आइएमएस ग्रुप, गोल्छा ग्रुप, ज्योति ग्रुप, गोएन्का ग्रुप, लक्ष्मी ग्रुप लगायत अन्य ग्रुप अफ कम्पनिज; भायानेट, वल्र्ड लिंक, सिजीजस्ता इन्टरनेट सेवा प्रदायकहरु एवं थुप्रै एनजीओ र आईएनजीओहरु आबद्ध छन्। यसका साथै यस संस्थासँग एफवान सफ्ट, फुडमान्डु, टाइगर प्यालेस, हुलास, साथीमार्ट, केएल दुगर, एमभि दुगरजस्ता थुप्रै प्रतिष्ठित संस्था पनि आबद्ध छन्।

कुमारी जबमा अकाउन्टिङ, सेल्स र मार्केटिङदेखि लिएर आईटी र टेलिकम्युनिकेसन तथा एनजीओ र आईएनजीओहरुका लागि पनि प्रशस्तै अवसरहरु आइरहन्छन्।

संस्थाले रिक्रुटमेन्ट (भर्ती), जब पोस्टिङ, पेरोल आउटसोर्स, तालिमलगायत सबै प्रकारका मानव संशाधनसम्बन्धी सेवा प्रदान गर्छ। रोजगारीको खोजीमा रहेका उम्मेदवार र रोजगारदाताहरुबीच सिधा सम्पर्क गर्नको निम्ती रिक्रुटिङका लागि सर्वोत्कृष्ट माध्यम, प्रविधि र प्ल्याट्फर्म बनाउँदै पब्लिक लिमिटेड कम्पनीको रुपमा दर्ता भई विश्वव्यापी रोजगार प्रदायक हुने लक्ष्य कम्पनीले लिएको छ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...