Admission Open

पोखरा महानगरले चलायो घरमा डोजर ! हाउजीङको घर र गेट भत्काउदा के भयो ?

[ भिडियो सहित ]

 

पोखरा : पोखरा महानगरले मापदण्ड मिचेर बनाएका संरचनामा डोजर चलाएको छ । महानगरले सडक क्षेत्रको मापदण्ड मिचेर बनाएका संरचनामा डोजर लगाएको हो । महानगरले आइतबार नगर प्रहरी र नेपाल प्रहरीको सहयोगमा बिरौटा चोकदेखि तीनकुनेसम्म मापद’ण्ड मिचेर बनाइएका संरचनामा डोजर लगाएको हो ।

मापद’ण्ड मिचेर बनाएका फिस्टेल हाउजिङका ५ घरका पर्खाल, गेट भाडा र कार्यालय भ’त्काएको हो । यसअघि पनि महानगरले त्यही सडक खण्डमा मापदण्ड मिचेर बनाएका दर्जन घरहरु भ’त्काइसकेको थियो ।

महानगरले सुरुमा २६ मिटर चौडा सडक बनाउने योजना भएपनि उक्त मापद’ण्डमा ५६ घर भ’त्किने भएपछि घटाएर २४ मिटरको सडक बनाइने भएको हो । उक्त मापद’ण्डमा २१ घरले मापद’ण्ड विपरीत संरचना बनाएको पाइएको छ ।

मापद’ण्डभित्र परेको संरचनालाई पटक पटक सूचना निकालेर हटाउन आग्रह गर्दासमेत नहटाएपछि महानगरले एस्काभेटर प्रयोग गरी भ’त्काएको हो ।
सम्बन्धित खवर
टिप्पणिहरु
Loading...