Admission Open

ad place

त्रिकोणात्मक टी-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट सिरिज : नेपाल र पीएनजी आज उपाधिका लागि भिड्दै

काठमाडौं  त्रिकोणात्मक टी-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको उपाधिका लागि आज सोमबार नेपाल र पपुवा न्युगिनी (पीएनजी)  बीच प्रतिस्पर्धा हुँदैछ ।

आयोजक नेपालले त्रिवि क्रिकेट मैदानमा पीएनजीको सामना गर्नेछ । नेपाल र पीएनजीबीचको फाइनल खेल अपरान्ह १२ः३० बजे सुरु हुनेछ । आज दुबै टोली उपाधि उचाल्ने योजनासहित मैदान उत्रनेछन् ।

नेपाल जारी सिरिजमा अपराजित रहदै फाइनल पुगेको हो । नेपालले ४ खेलमा ४ जित निकाल्दै शीर्ष स्थानमा रहेर फाइनल खेल्न लागेको हो ।

नेपाल आज पीएनजीलाई हराएर एकदिवसीय सिरिजको बदला लिन चाहन्छ । पीएनजीले यस अघि नेपालविरुद्धको दुई खेलको एकदिवसीय सिरिज २-० ले क्लिन स्विप गरेको थियो ।

अहिलेसम्म हामीले परिक्षण गर्यौं अब फाइनलमा राम्रो खेल्ने छौं नेपालका कप्तान सन्दीप लामिछानेले फाइनल अघि भन्छन्,’एक खेलाडीको रुपमा मेरो लागि यो फाइनल एकदम महत्व राख्छ, म कप्तान भएपन नभएपनि म यो टिमको सदस्य हो । अरुलाई जति खुसी हुन्छ त्यतिनै खुसी मेरो लागि पनि हुन्छ ।’

पीएनजीले उपविजेताको रुपमा फाइनल खेल्न लागेको हो ।  पीएनजीले ४ खेलमा ३ हार र एक जित निकालेको थियो  । ४ खेलमा १ जित जित र ३ हार व्यहोरेको मलेसियालाई नेट रनरेटमा पछि पार्दै पीएनजी फाइनल पुगेको हो ।

पीएनजी नेपाललाई पन्छाउँदै टी ट्वान्टी सिरिजको पनि उपाधि उचाल्ने योजनामा छ ।

‘ठुलो खेल हुनेछ, हामी खेलमा फोकस छौं र हामीलाई के गर्नु छ भन्ने थाहा छ’ पीएनजीका कप्तान असद भालाले फाइनल अघि भनेका थिए।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...