Admission Open

ad place

मधेस प्रदेशमा सत्तारुढ दल तालमेलको तयारीमा

जनकपुर : सत्तारूढ गठबन्ध आबद्ध दलले मधेस प्रदेशमा चुनावी तालमेल गर्ने तयारी सुरु गरेको छ ।

आसन्न स्थानीय तह निर्वाचनमा तालमेल गर्ने तयारीस्वरुप सत्तारूढ दलको मधेस प्रदेश स्तरीय बैठक आज बस्न लागेको छ । चुनावी तालमेलका विषयमा छलफल गर्न जनकपुरधामस्थित नेपाली कांग्रेसको प्रदेश कार्यालयमा आज बैठक बस्न लागेको जनता समाजवादी पार्टी मधेस प्रदेशका अध्यक्ष रामबाबु यादवले जानकारी दिनुभयो ।

बैठकमा सत्ता गठबन्धनमा आबद्ध जसपासहित नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीका प्रदेश अध्यक्ष तथा केही शीर्षनेता सहभागी हुने अध्यक्ष यादवले बताउनुभयो । बैठकमा तालमेल कसरी गर्ने, कुन स्थानीय तहमा कुन पार्टीले उम्मेदवारी दिने लगायतका विषयमा छलफल हुने जनाइएको छ ।

आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा गठबन्धन गर्ने निर्णय सत्ता गठबन्धनले गरिसकेको छ । सो निर्णयपछि मधेस प्रदेशमा सत्ता गठबन्धनमा आबद्ध दलले छलफल अगाडि बढाएको छ । मधेस प्रदेशमा एक महानगरपालिकासहित १३६ स्थानीय तह छन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...