काठमाडौँ, १७ चैत : चुनावी गठबन्धका विषयमा छलफल गर्न सत्तागठबन्धनको बैठक सुरु भएको छ।
बिहीबार बिहान ११ बजेपछि प्रधानमन्त्री निवास, बालुवाटारमा सत्तागठबन्धनको बैठक सुरु भएको हो। बैठकमा स्थानीय तह निर्वाचनमा कसरी अघि बढ्ने भन्ने विषयमा छलफल हुने बताइएको छ।
बैठकमा आगामी निर्वाचनमा तल्लो निकायसम्म सत्ता गठबन्धन कसरी व्यवस्थित गर्न सकिन्छ भन्ने विषयमा केन्द्रित हुने जनाइएको छ। आगामी वैशाख ३० गतेका लागि ताय भएको स्थानीय तह निर्वाचनमा सत्ता गठबन्धनका प्रमुख दलबीच गठबन्धनको तयारी भइराखेको छ।