Admission Open

ad place

सर्लाहीमा बस दुर्घटना : पुलबाट बस खस्दा चार जनाकाे मृत्यु, तीन दर्जन घाइते

सर्लाही : पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीस्थित फुलजोर खोलाको पुलबाट बस तल खस्दा चारको मृत्यु भएको छ भने ३० जना घाइते भएका छन् ।

वीरगन्जदेखि जनकपुरतर्फ जाँदै गरेको ना ४ ख ८५५५ नं को बस आज मध्यान्ह सर्लाहीको लालबन्दी र ईश्वरपुर नगरपालिकाको सीमामा पर्ने फूलजोर खोलास्थित पुलबाट तल खसेर दुर्घटना भएको सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिनुभयो ।

बसको अगाडीको चक्का पड्किएर अनियन्त्रित भई पुलबाट तल खसेको बताइए पनि अनुसन्धान भइरहेको उहाँले जानकारी दिनुभयो । घाइतेको लालबन्दी, नवलपुर र हरिवनमा उपचार भइहरको छ । गम्भीर घाइतेलाई लालबन्दीबाट अन्यत्र बाहिर पठाउने क्रम चलिरहेको प्रहरीले जनाएको छ । दुर्घटनामा बसका चालकसमेत घाइते भएका छन् ।

मृतकको शव परीक्षणका लागि प्रादेशिक अस्ताल मलङ्गवमा ल्याइएको छ भने मृतक तथा घाइतेहरुको पहिचानको काम भइरहेको इलाका प्रहरी कार्यालय लालबन्दीले जनाएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...