Admission Open

ad place

शाओमी १२ प्रो को प्रि–बुकिङ खुल्ला

काठमाडौँ, ११ चैत्र : ग्लोबल टेक्नोलोजी लिडर शाओमीले आफ्नो फ्ल्याग शिपसिरिज शाओमी १२ सिरिजमध्य शाओमी १२प्रोकोप्रि बुकिङ खुल्ला गरेको छ। प्रि बुकिङ चैत्र ११ बाट चैत्र१५ सम्म खुल्ला हुनेछ ।

प्रि–अर्डरमा यो फोन विशेष अफरसहित उपलब्ध छ । उपभोक्ताहरुले यो फोन किन्दा रु. ५,०००+– को क्यासब्याक तुरुन्तै पाउनुको साथै मी नेकब्यन्दा ब्लुथूठ इयरफोन प्रो अथवा मी पोर्टेबल ब्लुटुथ स्पिकर सित्तैमा पाउन सक्नेछन् । शाओमी १२ प्रो बैजनी र नीलो रङमा १२ जिबिप्लस २५६ जिबिमा रु.१,१४,९९९।+– मा उपलब्ध छ ।

यो फोनमा २०२२ को फ्ल्यागशिप डिभाइसमा हुनुपर्ने सबै नवीनतम र उत्कृष्ट विशेषताहरू छन्। यसमा केही त्यस्ता विशेषताहरु छन् जसले यसलाई असली फ्ल्यागशिप फोन बनाएको छ। त्यस्तै विशेषतामध्ये एउटा, यसको सबैभन्दा छिटो चार्ज हुनेहो। नेपालमा शाओमी १२ प्रो मात्र त्यस्तो फोन हो जसमा १२० वाटको फास्ट चार्जिङ छ । जसले तपाईंको फोन १८ मिनेटमै फुलचार्ज गर्छ। शाओमी १२ प्रो मा HDR10± र डल्बी भिजनवाला ६.७३ इन्चको ए मोलेड एलटिपिओ डिस्प्ले रहेको छ। यो 12GB±256GB को स्टोरेजमा उपलब्ध छ। 8 Gen1 स्न्याप ड्रयागन प्रोसेसर भएको यो फोनमा 50MP को मेन क्यामेरा र 50MP टेलिफोटो+ छ । ए वाइड एंगलको सेकेन्डरी क्यामेरासहित ट्रिपल रियर क्यामेरा सेटअप रहेको छ। यो स्मार्टफोनको अर्को गज्जबको विशेषता भनेको यसको साइबर फोकस ट्र्याकिङ प्रणाली हो जसले तपाईंलाई मुभिङ अब्जेक्ट्स (जस्तै गुडिरहेको गाडी) आदिको फोटो खिच्न सजिलो हुन्छ। तीनवटै क्यामेराहरुमा नाइट मोड सेन्सरहरू उपलब्ध छ जसले गर्दा कम प्रकाशमा पनि रातमा सुन्दर र स्पष्ट तस्बिरहरु खिच्न सकिन्छ। सेल्फीको लागि यसमा 32 एमपिको अल्ट्रा–क्लियर सेल्फी लेन्स छ। यसमा हर्मन-कर्डोनका ४ वटा स्पिकरहरु छन् जसले रियल सराउन्ड साउन्ड एक्स्पिरियन्स दिन्छ।

शाओमी १२ प्रो तपाईंहरुको नजिकैको मी स्टोर र रिटेल स्टोरहरुमा प्रि बुकिङको लागि खुल्ला छ र मार्च ३० देखि बिक्री शुरु हुनेछ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...