Admission Open

ad place

नेता ज्ञवालीको ‘दिशाबोध’ लोकार्पण

काठमाडौँ : नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सो पार्टीका उपमहासचिव प्रदीपकुमार ज्ञवालीबाट लिखित ‘दिशाबोध’ (समाजवादका आधार निर्माण) पुस्तकको लोकार्पण गर्नुभएको छ ।

एमालेको जारी केन्द्रीय कमिटीको बैठकको आजको कार्यबाही सुरु हुनुअघि अध्यक्ष ओलीले उक्त पुस्तकको विमोचन गर्दै वर्तमान सन्दर्भमा मुलुकको राजनीतिक यात्रा र समृद्धिको लक्ष्यलाई थप स्पष्ट पार्न पुस्तकले भूमिका खेल्ने बताउनुभयो ।

उहाँले पार्टीका नेता–कार्यकर्तालाई लेखपढ र प्रकाशनमा ध्यान दिन आग्रह गर्दै राजनीतिक सङ्घर्षको प्रतिफलबाट प्राप्त लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न लाग्नुपर्नेमा जोड दिनुभयो । समसामयिक राजनीतिक स्थिति र एमालेको अवधारणामा आधारित सो कृति राष्ट्रिय युवासङ्घ नेपालले प्रकाशन गरेको हो ।(रासस)

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...