Admission Open

ad place

बालकोट भक्तपुरमा साथीमार्टको नयाँ फ्रेन्चाइज शाखा

भक्तपुर : पुर्व शैक्षिक परामर्श ब्यवसायी मोनिका राउतले भक्तपुर बालकोटमा खोलेको साथीमार्टको नयाँ फ्रेन्चाइज आउटलेटको सुर्यबिनायक नगरपालिकाको उपमेयर जुना बस्नेतले उद्घाटन गरेकी छन् ।

पेशागत तालिम तथा शैक्षिक परामर्श सँस्थाको मुख्य प्रबन्धक भई कार्यात हुदै गर्दा सुब्यवस्थित ब्यापार सुरु गर्न खोजेको र किराना व्यवसयामा अहिले समयको माग र सुनिश्चत भाबिस्य देखेकोले साथीमार्टको फेन्चाइज लिइ आउटलेट सुरु गरेको राउतले बताइन् ।

करिब छ सय बर्गफिटको आउटलेटमा ग्रोसरी, कस्मेटिक, होमकेयर, बेबिकेयर, किचन वयर, लिकर, गिफ्ट लगायतका सामान उपलब्ध छ ।

साथीमार्टको उत्कृष्ट टेक्नोलोजीसंगै टिमको सहयोग सदैव मिल्ने भएकाले मार्टको फ्रेन्चाइज रोजेको राउतको भनाइ छ ।

साथीमार्ट ओ टु ओ मार्ट भएकाले उपभोक्ताले साथीमार्टको मोबाइल एप वा आधिकारिक वेबसाइट (WWW.SAATHIMART.COM) मा आफूलाई आवश्यक सामान रोजेर अर्डर गरी घरैमा डेलिभरी मगाउन सक्नेछन्।

फ्रेन्चाइज स्टोर सँगै साथीमार्ट इनकर्पोरेट प्रालिको पुर्ण स्वामित्वमा नेपालका विभिन्न सहरमा यसै बर्ष ठुला आउटलेट सन्चालनमा ल्याउने तयारी रहेको बताइएको छ ।

एउटै लगानीमा खुद्रा ब्यापार (आउटलेट), ई-कमर्स, एफिलिएट मार्केटिङ, डिस्टिब्युटरसिप जस्ता सुबिधा हुने भएकोले साथीमार्टको फ्रेन्चाइजमा आकर्षण बढेको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...