Admission Open

घोषणापत्रमा ‘एक पालिका, एक रङ्गशाला, एक वडा एक खेल पूर्वाधार’ राख्न आग्रह

काठमाडौँ : नेकपा (एमाले) निकट नेपाल खेलकुद महासङ्घ (नेकोस)ले नेपालको समग्र खेल क्षेत्रको विकास र समृद्धिका लागि आगामी स्थानीय तहको निर्वाचनमा ‘एक पालिका, एक रङ्गशाला, एक वडा एक खेल पूर्वाधार’ को अवधारणा घोषणापत्रमा समावेश गर्न पार्टीलाई आग्रह गरेको छ ।

महासङ्घका इञ्चार्ज एवं एमालेका नेता गोकुलप्रसाद बाँस्कोटाको प्रमुख आतिथ्यतामा र संयोजक कृष्ण बस्नेत (पर्शुराम)को अध्यक्षतमा आज सम्पन्न आयोजक कमिटीको विस्तारित बैठकले सो अनुरोध गर्ने विशेष प्रस्ताव पारित गरेको हो ।

संयोजक बस्नेतले खेलकुद क्षेत्रको संस्थागत विकासले मात्र खेलक्षेत्रलाई अन्तरराष्ट्रियकरण गर्ने र खेलाडी तथा खेलकर्मीका अधिकारको रक्षा गर्न सक्ने हुँदा विकासको गतिलाई नयाँ दिशा दिनका लागि नेपाल खेलकुद महासङ्घलाई गाउँगाउँसम्म पु¥याउने र खेलकुद गतिविधिलाई घरघरमा पु¥याउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

महाधिवेशन आयोजक कमिटीको प्रथम बैठकले महासङ्घको बैठक सञ्चालन कार्यविधि २०७८ पारित गरी लागूसमेत गरेको छ । बैठकले ३३ सदस्यीय स्थायी कमिटी तथा ७७ सदस्यीय सचिवालय सदस्य अनुमोदन गर्नुका साथै प्रदेशका इन्चार्ज तथा सहइन्चार्ज, जिल्लाका इन्चार्ज तथा सहइन्चार्ज, महानगरका इन्चार्ज तथा सहइन्चार्ज पनि तोकेको छ । त्यस्तै, महासङ्घले फागुन २८ गते संयुक्त राष्ट्रिय भेलामार्फत गठन भएका मातहतका २७ वटा राष्ट्रिय खेलका इन्चार्ज तथा सहइन्चार्ज पनि तोकेको महासङ्घका प्रचार विभाग प्रमुख उमेश केसीले जानकारी दिनुभयो ।(रासस)

टिप्पणिहरु
Loading...