Admission Open

होली पर्वले सभ्य र सुसंस्कृत समाज निर्माणमा सहयोग पु¥याउँछः नेता कोइराला

सुनसरी : नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रदेश नं १ संसदीय दलका नेता राजीव कोइरालाले हाम्रो मौलिक संस्कृतिको संरक्षण र संवद्र्धन गर्न होली पर्वले सबैमा प्रेरणा मिलोस् भनी शुभकामना व्यक्त गर्नुभएको छ ।

होली पर्वको अवसरमा आज यहाँ आयोजित कार्यक्रममा होलीमा खेलिने विविध रङ जस्तै नेपाली समाज पनि जातीय, भाषिक र सांस्कृतिक रूपमा विविधतापूर्ण रहेको बताउँदै समाजमा विद्यमान विभिन्न प्रकारका विकृति, विसङ्गति एवं कुरीतिलाई निर्मूल गरी न्यायपूर्ण, सभ्य र सुसंस्कृत समाज निर्माण गर्नमा यो पर्वले सहयोग पु¥याउनेछ भन्नुभयो । यस पर्वले एकापसमा रहेको तीक्तता अन्त्य गर्दै सबैलाई एकता कायम गर्नका लागि मद्दत गरोस् भनी उहाँले कामनासमेत गर्नुभयो ।

बिहीबार पहाडी जिल्लाहरुमा मनाएको होली पर्व आज सुनसरीसहित तराई मधेस क्षेत्रमा एकापसमा रङ्ग र अबिर लगाएर धुमधामका साथ मनाइँदैछ ।

टिप्पणिहरु
Loading...