Admission Open

ad place

लेखनाथ महोत्सवमा आज होलीको रमाइलो

लेखनाथ : लेखनाथ उद्योग वाणिज्य संघद्वारा आयोजित १७औं संस्करणको लेखनाथ महोत्सव जारी छ । आज बिहीबार लेखनाथ महोत्सवमा चर्चित कलाकारहरुको प्रस्तुति रहने भएको छ ।

होलीको विदा परेकाले आज महोत्सव स्थलमा दर्शकको अत्याधिक भिड लाग्ने आयोजककोे विश्वास छ । महोत्सव स्थलमा सांगीतिक कार्यक्रमहरुको साथमा रमाउँदै होलीको मज्जा लिन सकिनेछ ।

साँझ पख महोत्सव स्थलमा कन्सर्ट हुनेछ भने दिउसो लोकदोहोरी लगायतका कलाकारको प्रस्तुति रहनेछ । दिउसो कलाकार कुलेन्द्र बिक, अस्मिता डल्लाकोटी, शंकर विरही गुरुङ, रिया खड्का, रामजी पौडेल, रतिमाया खड्का, बाल कलाकार प्रिन्स लम्सालको प्रस्तुति रहनेछ । कन्सर्टमा ओम गुरुङ र सन्तोष बस्याल लगायतका कलाकारले मनोरञ्जन प्रदान गर्ने प्रचार–प्रसार संयोजक गोपीचन्द्र बास्तोलाले जानकारी दिए ।

लेखनाथ महोत्सव चैत ७ गतेसम्म जारी रहन्छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...