Admission Open

ad place

निर्वाचनमा एकढिक्का भएर लाग्नुहोस् : नेता पुन

काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का नेता वर्षमान पुनले स्थानीय तहको निर्वाचनमा एकढिक्का भएर लाग्न आग्रह गर्नुभएको छ । लुम्बिनी प्रदेशका सबै तहमा जित्ने लक्ष्य लिएर निर्वाचनमा होमिनुको विकल्प नरहेको जनाउनुभयो ।

आज कपिलवस्तुको सिद्धार्थ क्याम्पसको सभाहलमा सम्पन्न माओवादी केन्द्र प्रदेश कमिटीको प्रथम पूर्ण बैठकमा उहाँले माओवादी केन्द्रको आधार इलाका रूपमा विजय बनाउनका लागि एकढिक्का भएर लाग्न पार्टी कार्यकर्तालाई निर्देशन दिनुभएको हो । “यो क्षेत्र माओवादी केन्द्रको आधार इलाका र जनयुद्धको उद्गम प्रदेश हो, यहाँको विजयले माओवादीलाई विश्वमा चिनाउन सक्छौँ”, पुनले भन्नुभयो, “यस कारण पनि प्रदेशलाई माओवादी केन्द्रको आधार प्रदेश बनाउनका लागि लाग्नुहोस् ।” नेता पुनले कम्युनिष्ट पार्टीको केन्द्रीकरण गर्दै हालको गठबन्धलाई बलियो बनाएर समृद्धिका लागि अगाडि बढाउनुपर्ने बताउनुभयो ।

यसैगरी नेकपा (माओवादी केन्द्र) का लुम्बिनी प्रदेश इञ्चार्ज चक्रपाणि खनालले लुम्बिनीमा पदाधिकारीमा सबै भूगोल, मनोविज्ञानलगायत सबैको सहमति गर्नका लागि केही समय लागे पनि सहमति र सहकार्यको तरिकाले आगामी दिनमा पार्टीलाई एकढिक्का भएर अगाडि बढाउन सकिने बताउनुभयो ।

त्यस्तै लुम्बिनी प्रदेशका मुख्यमन्त्री एवं लुम्बिनी प्रदेश सहइञ्चार्ज कुलप्रसाद केसीले लुम्बिनी माअ‍ेवादी केन्द्रको उर्वर र उद्गमभूमि भएकाले गर्दा त्यसलाई स्थानीय तहबाट परिणाम दिनका लागि लाग्न निर्देशन दिनुभयो । उहाँले सरकार र पार्टीको समन्वयमा पार्टीका कामलाई अगाडि बढाउने बताउँदै अहिलेको सरकारले विकासका कामलाई तीव्रता दिएको बताउनुभयो । बैठकमा लुम्बिनी प्रदेश कमिटीले चैत ५ गते देखि १५ गतेसम्म राजनीतिक प्रशिक्षण गर्ने निर्णय गरेको छ ।(रासस)

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...