Admission Open

ad place

मूलाजस्तै हो यो सरकार, जनताले उखेलेर पाखा लगाउछन् : केपी ओली

काठमाडौं, २८ फागुन :  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बर्तमान सरकार बालुवाको मूलाजस्तै भएको जनताले आगामी चुनावमा पाखा लाग्ने बताएका छन् ।

अध्यक्ष ओलीले अहिलेको सरकार पाँचजना न्यायाधीशले नियुक्त गरेको बालुवाको मूला जस्तै भन्दै यसलाई जनताको अभिमतबाट उखेलेर मिल्काइदिने दावी गरेका हुन् । अध्यक्ष ओलीले अबको चुनावमा एमालेले स्वीप आउट गर्ने पनि बताए ।नेपाल निजामति कर्मचारी संगठनको महाधिवेशनलाई काठमाडौंमा सम्बोधन गर्दै ओलीले भने–‘तपाईहरुले सरकारलाई असहयोग गर्न मिल्दैन । तपाईहरुको तर्फबाट साथ दिने सहयोग गर्ने ।

यो सरकार ठिक छ की छैन, तपाईहरुले भन्ने होइन् । यो सरकारलाई ठीक त हामी लगाइहाल्छौ नी । मुलाको अलिकती सानोतिनो भएपनि जरा हुन्छ । तर, यसको त जरा न फरा । पाँच जना बसका छन् । नियुक्त गरेका छन् । यो सरकार त बालुवामा लगेर राखेको नक्कली मूला जस्तै हो । यसो तानो भने पुक्लुक्क आउँछ । हल्लाउन पनि पर्दैन ।’कार्यक्रममा उनले जनतामा जाने कुरालाई प्रचण्ड–माधव समूहले प्रतिगमन भनेको बताए । चुनावमा जाँदा आफू स्वाहा हुने डर भएकाहरुले चुनाव गर्ने कुरालाई प्रतिगमन भन्ने गरेको उनको टिप्पणी थियो।

ओलीले भने–‘यिनीहरु चुनावबाट भाग्न खोज्दैछन्, भागेर कहाँ जान्छौ रु चुनाव त गराउनैपर्छ । त्यहीबेला हामी जनताको अभिमतबाट उखेलेर मिल्काइदिन्छौं । परमादेशबाट एमालेलाई हटाइयो, अब रोकिन्छ भन्ने नसोचे हुन्छ । एमाले एउटा भेल हो, यो भेल अगाडि आउँदैछ निर्वाचनको माध्यमबाट ।’

अध्यक्ष ओलीले दिनहुँ पार्टी प्रवेशको लहर चलेको बताउँदै  भने–‘आजै पनि वारामा गाउँपालिका अध्यक्ष उपाध्यक्षसहितलाई प्रवेश गराउन म जाँदै छु ।’

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...