Admission Open

ad place

निर्माण व्यवसायलाई स्वच्छ र गुणस्तरीय बनाइनुपर्छ : प्रधानमन्त्री देउवा

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्र निर्माणको मेरुदण्डको रुपमा रहेको निर्माण उद्योगलाई स्वच्छ, व्यावसायिक र गुणस्तरीय बनाइनुपर्ने खाँचो औँल्याएको छन् ।

नेपाल निर्माण व्यवसायी महासङ्घको २३ औँ साधारण सभा एवं १२ औँ अधिवेशनको आज यहाँ उद्घाटन गर्दै उनले मुलुकको दिगो विकासका लागि आधुनिक र गुणस्तरीय पूर्वाधारको निर्माण आवश्यक रहेको बताएका हुन् ।

प्रधानमन्त्री देउवाले भौतिक पूर्वाधारको विकास एवम् विस्तारबाट मात्र देशको समृद्धि सम्भव भएको बताए । उनले भने, “भौतिक पूर्वाधारको विकास बिना मुलुकको समग्र विकास सम्भव छैन र, त्यो निर्माण व्यवसायीबाट मात्रै सम्भव छ । भौतिक निर्माणको उद्योगलाई अझ व्यावसायिक र प्रतिस्पर्धी बनाउनुस्, यसका लागि सहकार्य गर्न सरकार तत्पर छ । ”

प्रधानमन्त्री देउवाले निर्माण व्यवसाय मुलुकमा पूर्वाधार निर्माण तथा रोजगारी सिर्जना गर्ने अग्रणी व्यवसाय भएकाले यसमा आबद्ध व्यवसायी आफ्नो व्यवसायप्रति सदैव गम्भीर र जिम्मेवार हुन आवश्यक छ भने । उनले निर्माण व्यवसायमा स्वच्छ प्रतिस्पर्धालाई प्रवद्र्धन गर्दै मुलुकमा लागत किफायती र गुणस्तरीय निर्माणलाई सुनिश्चित गर्न सकारात्मक भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए ।

मुलुकमा कृषिपछि सबैभन्दा बढी रोजगारीको अवसर सिर्जना गर्ने निर्माण क्षेत्रको स्वच्छ र प्रतिस्पर्धी विकासबाट नै मुलुकको द्रुततर आर्थिक विकास सम्भवन हुने प्रधानमन्त्रीको भनाइ छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...