Admission Open

काठमाडौंको भीमसेनगोलामा सेञ्चुरी बैंकको १२९औं शाखा

काठमाडौं : सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले काठमाडौंको भीमसेनगोलामा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । शाखाको बिहीबार बैंकका संचालक समिति सदस्य प्रा.डा. गीता प्रधानले उद्घाटन गरिन् । बैंकको यो १२९औं शाखा हो ।

कार्यक्रममा बैंकका अध्यक्ष राजेशकुमार श्रेष्ठ, संचालक मनबहादुर राई, सुनिल न्यौपाने, कायम मुकायम प्रमुख कार्यकारी अधिकृत मनोज न्यौपाने लगायत बैंक उच्च व्यवस्थापन समूह, स्थानीयबासीहरुको उपस्थिति थियो । भीमसेनगोला शाखा संचालनमा आएपछि उपत्यका भित्र बैंकको शाखा संख्या २६ पुगेको छ ।

देशमा सुगम तथा दुर्गम क्षेत्रसम्म सेवा विस्तार गर्ने उद्देश्यले बैंकले देशका विभिन्न स्थानहरुमा शाखा, शाखारहित बैंकिङ तथा एक्स्टेन्सन काउण्टरहरु संचालनमा ल्याई बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

बैंकको कुल शाखा संख्या १२९ पुगेको छ भने बैंकले १० एक्सटेन्सन काउण्टर २६ शाखारहित बैंकिङ र ११३ वटा एटिएम मार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...