Admission Open

बागलुङ मालपोतमा कर्मचारी अभावले सेवाग्राहीलाई सास्ती

बागलुङ : पश्चिम बागलुङका नागरिकलाई सहजताका लागि बुर्तिबाङमा स्थापना गरिएको मालपोत कार्यालयमा कर्मचारी नहुँदा सेवा ग्राहीले सास्ती भोग्नुपरेको छ । अहिले कार्यालय एक सुब्बाको भरमा चलेको छ ।

बुधबार मात्रै एक जना सुब्बा थपिनुभएको छ । कार्यालय प्रमुख दिलबहादुर केसी यही फागुन ३ गते जिल्ला कारागार बागलुङमा सरुवा भएपछि झन कर्मचारी अभावमा काम गर्न निकै समस्या भएको हो । तेह« कर्मचारको दरबन्दी रहेको यस कार्यालयमा अहिले दुई सुब्बा, तीन कार्यालय सहयोगी र दुई कम्युटर अपरेटरका भरमा कार्यालय सञ्चालन गर्नुपरेको नायब सुब्बा कासीराम खड्काले बताउनुभयो ।

उहाँले अहिले एक नायब सुब्बा आएपछि केही सहज भएको बताउनुभयो । उहाँले केही समय आफू एक्लै काम गर्दा प्रभावकारी सेवा प्रदान गर्न समस्या भएको बताउनुभयो । हाल कार्यरत दुई कम्प्युटर अपरेटर कराका हुन् । स्थायी कर्मचारी भने छैनन् । तीन कार्यालय सहयोगीमध्ये एक मात्रै स्थायी हुन् । कार्यालयमा एक अधिकृत, तीन खरिदार, तीन नासु र एक लेखा अधिकृतको पद खाली रहेको उहाँको भनाइ छ ।

मालपोत कार्यालयमा दैनिक २०÷२५ जनासम्म सेवाग्राही आउने गर्छन् । गाउँगाउँबाट आएका नागरिक समयमा काम नसकिएर तीन चार दिनसम्म बजारमा बस्नुपर्ने बाध्यता रहेको खड्काले बताउनुभयो । उहाँले कर्मचारी नहुँदा यो अवस्था सिर्जना भएको जानकारी दिनुभयो ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...