Admission Open

तनहुँमा जीप दुर्घटना, ६ जना घाइते

काठमाडौं: पोखराबाट स्याङजातर्फ जाँदै गरेको जीप तनहुँमा दुर्घटना भएको छ । दुर्घटनामा परी ६ जना घाइते भएका छन् ।

बुधबार साँझ शुक्लागण्डकी नगरपालिका-७ स्थित स्याउलीबजारमा ग१ज ६५४४ नम्बरको जीप दुर्घटनामा परेको हो । प्रहरीले अनियन्त्रित भएर जीप दुर्घटना भएको जनाएको छ ।

घाइतेमध्ये व्यास नगरपालिकाका पदम थापा, स्याङजा​को चापाकोटकी इन्द्र कुमारी राना, दान बहादुर राना, शेषबहादुर राना  र क्याम बहादुर रानाको उपचार भइरहेको प्रहरीको भनाइ छ । न्युज कारखाना

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...