Admission Open

ad place

स्थानीय निर्वाचनमा केन्द्रित हुन अध्यक्ष नेपालको आह्वान

काठमाडौं : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सिङ्गो पार्टी पङ्क्तिलाई पूर्ण उत्साहका साथ स्थानीय तहको निर्वाचनमा केन्द्रित हुन आह्वान गर्नुभएको छ ।

पार्टी केन्द्रीय कमिटीको तेस्रो पूर्ण बैठकमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष नेपालले पार्टीको सबै तह र तप्काका नेता तथा कार्यकर्तालाई स्थानीय निर्वाचनमा केन्द्रित हुन आह्वान गर्नुभएको हो ।

साथै बैठकमा पार्टीका सम्मानित नेता झलनाथ खनालले पार्टी पङ्क्तिलाई एकताबद्ध भएर अघि बढ्न अपिल गर्नुभएको थियो । बैठकमा राजनीतिक प्रतिवेदनका अतिरिक्त सम्पर्क मञ्च सञ्चालन निर्देशिका र मोर्चा सङ्गठन सञ्चालन निर्देशिका पनि छलफलका लागि प्रस्तुत गरिएको थियो ।

बैठकमा प्रस्तुत राजनीतिक प्रतिवेदन र मञ्च सञ्चालन निर्देशिका र मोर्चा सङ्गठन सञ्चालन निर्देशिकामाथि छलफल गरी सुझाव प्रस्तुत गर्न केन्द्रीय सदस्यहरूलाई नौ वटा समूहमा विभाजन गरिएको तथा समूह छलफल जारी रहेको पार्टीका महासचिव डा बेदुराम भुसालले बताउनुभयो । समूह छलफलका निष्कर्षहरू बिहीबारको बैठकमा प्रस्तुत गरिने जानकारी पनि उहाँले दिनुभयो ।(रासस)

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...