Admission Open

निर्णायक तहमा महिलाको खाँचो’

काठमाडौँ : गण्डकी प्रदेशका उपसभामुख सिर्जना शर्माले प्राप्त उपलब्धिको रक्षा गर्दै महिलाहरू निर्णायक तहमा पुग्नुपर्ने बताउनुभएको छ ।

कास्कीको रुपा गाउँपालिकाद्वारा ११२औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरका आयोजित अन्तर आमा समूह हाजिरी जवाफ प्रतियोगिताको उद्घाटन गर्दै उहाँले महिलाहरू नेतृत्व विकाससँगै उद्यमशील बन्नुपर्ने बताउनुभयो ।

संवैधानिक अधिकार मागेर होइन खोसेर लिनुपर्ने उल्लेख गर्दै उहाँले त्यसका लागि सम्पूर्ण महिला शक्ति एकताबद्ध भएर समृद्धिको अभियानमा जोडिनुपर्ने आवश्यकता आँैल्याउनुभयो । आमाले छोराछोरीलाई समान व्यवहार गर्नुपर्नेमा जोड दिँदै उपसभामुख शर्माले भन्नुभयो, “पछिल्लो समय मुलुकमा महिला तथा बालबालिकाप्रति बढेको हिंसा अन्त्यका लागि सामूहिक प्रयासको खाँचो छ ।”

‘सामाजिक न्याय र लैङ्गिक समानता दिगो विकासको सुनिश्चितता’ भन्ने मूल नाराका साथ महिलाको क्षमता अभिवृद्धिका लागि हाजिरी जवाफ प्रतियोगितामा दिगो आमा समूह प्रथम, भिरकोट आमा समूह द्वितीय, भित्रीगाउँ हातेमालो आमा समूह तृतीय र नवदुर्गा आमा समूहले सान्त्वना पुरस्कार प्राप्त गरेका थिए ।

कूल २१ समूहको सहभागिता रहेको प्रतियोगिताका विजयीले क्रमशः रु १० हजार, रु आठ हजार, रु छ हजार र रु चार हजार नगद पुरस्कार प्राप्त गरेका थिए भने सहभागी प्रत्येक टोलीलाई रु दुई हजारका दरले नगद पुरस्कार प्रदान गरिएको थियो ।(रासस)

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...