Admission Open

ad place

पेसावरको हिंसात्मक हमलाको संयुक्त राष्ट्रसंघद्धारा निन्दा

पाकिस्तान : संयुक्त राष्ट्रसंघले पाकिस्तानको पेसावरमा हालै भएको हिंसात्मक हमलाको निन्दा गरेको छ । संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदले आइतबार एक विज्ञप्ति प्रकाशन गरेर सो हत्याको निन्दा गर्नुका साथै त्यसमा संलग्न दोषीाई कडाभन्दा कडा कारबाही हुनुपर्ने बताएको हो ।

यस्ता अपराधहरु अब कदापि नदोहो¥याउन र आगामी दिनमा यस्ता अपराधमा संलग्न हुनेहरुलाई कडा कारबाही गरी नागरिकको शान्तिपूर्वक बाँच्न पाउने अवस्थाको सिर्जना गर्न सो विज्ञप्तिमा आग्रह गरिएको छ ।पाकिस्तानको उत्तर पश्चिमी पेसावर शहर खैबर पख्तुनख्वा प्रान्तको एक मस्जिदमा गएको शुक्रबार आतंककारीहरुले भीषण बम हमला गरेका थिए ।

सो शक्तिशाली विस्फोटमा परी दर्जनौँ व्यक्तिको मृत्यु भएको अधिकारीहरूले जनाएका छन् । पेसावरका प्रहरी परिचालन प्रमुख वरिष्ठ सुपरिटेन्डेन्ट हरुन राशेदले सिन्ह्वासँग बताए अनुसार दुई जना आतंककारीले मस्जिदमा प्रवेश गर्न खोजेको र त्यहाँ ड्युटीमा रहेका प्रहरी कर्मचारीसँग भएको तनावपछि आत्मघाती आक्रमण गरेका थिए ।

पाकिस्तानका अधिकारीले यो सर्वसाधारणलाई लक्षित गरी गराएको आत्मघाती बम विस्फोट भएको बताएका छन् । प्रत्यक्षदर्शी मश्ताक खानले प्रार्थनाको समयमा विस्फोट भएको र मस्जिदको दुई तले भवनमा ठूलो संख्यामा उपासकहरू उपस्थित भएको बताउनुभयो । (रासस)

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...