Admission Open

ad place

कांग्रेसको कैलाली सभापतिमा नारायणदत्त भट्ट विजयी

कैलाली : नेपाली कांग्रेस कैलालीको जिल्ला सभापतिमा नारायणदत्त भट्ट विजयी हुनुभएको छ । पहिलो चरणमा सबैभन्दा बढी मत ल्याएका प्रकाशबहादुर बमलाई २६३ मतले पराजित गर्दै भट्ट जिल्ला सभापतिमा विजयी हुनुभएको हो ।

दोस्रो चरणको निर्वाचनमा भट्टले एक हजार ३५९ मत ल्याउनुभएको थियो भने उहाँका प्रतिस्पर्धी बमले एक हजार ९६ मत पाउनुभयो । पहिलो चरणमा कसैले पनि ५० प्रतिशत मत कटाउन नसकेपछि आज दोस्रो चरणको मतदान भएको थियो । आज भएको मतदानमा दुई हजार ४६७ मत खसेको थियो ।

पहिलो चरणको मतगणनामा सभापतिका उम्मेदवार बमले सबैभन्दा बढी मत पाउनुभएको थियो । बमले एक हजार १६९ मत पाउँदा सभापतिका अर्का उम्मेदवार भट्टले एक हजार ७२ र रामबहादुर कलेलले १९७ मत प्राप्त गर्नुभएको थियो । पहिलो चरणमा पहिलो भएका बम र दोस्रो भएका भट्टबीच सभापतिका लागि फेरि मतदान भएको थियो । दोस्रो चरणमा इतर पक्षले पनि बमलाई सघाउने निर्णय गरेको थियो । तर भट्ट संस्थापन पक्षको आधिकारिक उम्मेदवार भएर चुनाव लड्नुभएको थियो ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...