Admission Open

ad place

नेपालमा गएको २४ घण्टामा २७५ जना कोरोना सङ्क्रमित थपिए, संक्रमणका कारण १ को निधन

काठमाडौंः नेपालमा गउको २४ घण्टामा १५८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । ५ हजार ४५२ जनाको पीसीआर परीक्षण गर्दा १५८ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

पीसीआर र एन्टिजेन विधिबाट गरी जम्मा ८ हजार ६२६ जनाको परीक्षण गरिएकोमा २७५ जनामा सङ्क्रमण पुष्टि भएको हो । सोही अवधिमा ५५५ जना सङ्क्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार २४ घण्टामा एक जनाको मृत्यु भएको छ । योसँगै मुलुकमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ९३२ पुगेको छ ।

पछिल्लो २४ घण्टामा मुलुकमा एक लाख २२ हजार ४९३ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । त्यस्तै नेपालमा हाल नौ हजार २८० जना सक्रिय सङ्क्रमित छन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...