Admission Open

ad place

हाम्रो प्रेम मखमलीजस्तो फुल्न थाल्यो…

[ हाम्रो प्रेम केराउको दानाजसरी बिस्तारै टुसायो, बाँसको तामाजस्तो हलक्कै बढ्यो र मखमलीजस्तो फुल्न थाल्यो ]

क्रमश…       

यति भनेपछि उनी फेरि रोकिए ।

उनको मनमा अतीतका सारा बृतान्त उकुसमुकुस भएर आएको मैले बुझिरहेको थिएँ ।

[ छ ]

एकछिन् सुस्ताएपछि उनले भने, ‘भो अव बाँकी कुरा नगरौँ भनिसाध्यै छैन् । तिमीलाई पनि यो बुढो केके गन्थन गर्छ भन्ने लाग्यो होला’ ।

उनले त्यसो भन्दैगर्दा मैले राकिनै दिइँन् । उनको वाक्य भुइँमा खस्नै नपाई भने, ‘बरु रात बितोस् म हजुरको सबै कुरा नसुनी जाँदै जान्न’ ।

मैले अड्डी लिएपछि उनलाई कताबाट कुरा शुरु गर्ने भन्नेमा अलमल भएछ ।
मैले उनको भाव बुझेँ र थपेँ, ‘अनि हजुरको त्यसपछिको जीवन कसरी अगाडि बढ्यो ? प्रेम, विवाह र पारिवारिक स्थिति पनि जान्न पाए हुन्थ्यो’ ।

मैले प्रेमको कुरा फुकाउने बित्तिकै उनी चनाखो भए ।

उनले कुरा शुरु गरे,

बाबु, यो माया, प्रेम भन्नेकुरा अपार छ । यो विशाल आकाशको छानामुनि प्रेम पनि त्यस्तै विशाल छ । न कसैले यसको शुरुवात थाहा पाउँछ, न अन्त्य । यो माया भन्ने कुरा न जिवीत न मृत, सानोमा कमिलोभन्दा सानो केही छ भने उसैको पनि माया प्रेम छ । ठूलोमा हात्ती वा अन्य कुनै त्यस्तो जीव छ भने उसको पनि प्रेम अपार छ । मानिससँग वा मानिसको मात्रै होईन, माटो ढुङ्गा फूल पत्कर आदि जेसुकैमा प्रेम भरिपूर्ण हुन्छ । जसरी अथ्र्यायो त्यसैगरी अर्थिने यो मायाप्रेमलाई जसरी र जुन तरिकाले हेरे पनि हुन्छ । म माया र प्रेमले भरिपूर्ण मान्छे हुँ । अहिले म आफैँलाई प्रेम गरिरहेको छु । मान्छेले सबैभन्दा पहिले आफूलाई प्रेम गर्नुपर्ने रहेछ । मैले पनि बल्ल थाहा पाएँ ।

उनले त्यसो भन्दै कुरा अगाडि बढाए ।

लगभग वर्षदिन पछिको कुरा हो, एकदिन आमाले मलाई नजिकै बोलाएर भन्नु भो, ‘बाबु अव तँ पनि लाठे भईसकिस् म पनि बुढी हुन लागेँ । मेरो पनि कहिले चोला उठ्ने हो, थाहा छैन । सबै भर्भराउँदाहरू हामीलाई छोडेर गए । म घरमा एक्ली, तँ जीवनमा एक्लो । हामी दुबैलाई साथी चाहिएको छ । तँलाई जीवनसाथी, मलाई घरसाथी अव तेरो बिहे गर्नु पर्छ बाब’ ।
आमाले त्यसो भन्दा म लाजले पानीपानी भएँ । शरीरभरी काँढा उम्रिए । मैले यसै नाक समाएर सिईँ… गरँे र टोपी मिलाएँ । आमाका अगाडि केहीबेर भुँईँ हेरेर बिताएँ ।

मनमा खेल्ने कुराको आईरो लाग्यो । कोसँग बिहे गर्ने ? कसले गरिदिन्छ मेरो बिहे ? कसले दिन्छ मलाई छोरी ? जन्मेकी हाली त मेरालागि कन्या ??

त्यतिबेला मेरो मनमा त्यस्तैत्यस्तै प्रश्नहरू आए र उसै गए । त्यसबेला मैले आमालाई केही पनि भनिन । चुपचाप लागेँ कामतिर ।

तर आमाको कुराले मलाई त्यस दिन दिनभरी असहज महसुश भईरह्यो । रातभरी छटपटी भयो । साँचै आमाले भनेको कुरा ठिकै हो । यदि आमालाई पनि केही भई गयो भने म यो धर्तिमा कसरी बाँचौँला ।

केही समयपछि नै मेरो विवाहको कुरा चल्यो । गाउँका गन्यमान्यलाई राखेर आमाले नै मेरो बिहेको टुङ्गो लगाउनु भएछ ।
म सोह्रवर्षको हुँदा पन्ध्रवर्षकी सोमकलासँग मेरो बिहे भयो ।

बिहेमा जम्मा दशबाह्रजना मान्छे भेला भएका थिए । बेहुलीपटीबाट यताउता गर्नेहरूको अग्रभागमा आफ्नै दिदी भिनाजुलाई देख्दा एकछिन त म अचम्ममा परेँ । हामी बेहुलापटीका दुईचारजना गाउँका मान्यजनबाहेक कोही थिएनन् । म एक्लो ।

पुरेतबाजे यसो गर बेहुला, उसोगर बेहुला भन्थे । उनी जे जे भन्थे म त्यसैत्यसैगर्थँे । एकैछिनमा बेहुली मेरो छेउमा ल्याए । मैले हेरेँ चौडा निधार भएकी, गहुँगोरो वर्णकी, मेरै समान उचाइ भएकी बेहुली कतै देखेजस्ती म लाजले भुतुक्क भएँ । बेहुली घोसेमुन्टो लगाएर सुँकसुँकाई रहेकी थिई । बेलाबेला म उसको अनुहार हेर्थेँ । केहीछिन पछि नै मैले उसलाई चिने । उनी त दिदीकी नन्द सोल्टिनी पो रहिछन् ।

आमाले पहिलेनै दिदी दिने बेलामा साटो गर्ने कुरा गरिसक्नु भएको रहेछ । उमेर पुगेपछि बिहे गरिदिने बचन दिनु भएको रहेछ । सोही बचन अनुरुप दिदीकी नन्द सोल्टिनीसँग मेरो विवाह भयो ।

बिहे भएको तीन दिनसम्म हाम्रो बोलचाल भएन । विवाह भएको चौथो दिन बल्ल हाम्रो सामान्य बोलचाल भयो । मैले नै उनलाई बोलाएँ । उनले नबोली मैले अह्राएको काम गरिन् ।

शुरुशुरुमा मलाई उनी त्यति मन परिनन् । उनलाई म कस्तो लागेँ । थाहा भएन तर बिस्तारै हाम्रो प्रेम बढ्दै गयो । उनको शालिनता र भद्रताले मलाई छोयो । आमाले बुहारीलाई आफ्नी छोरीभन्दा बढ्ता प्यार गरेर सारा काम धन्दा सिकाउनु भयो । अर्तिउपदेश दिनुभयो ।

ऊ हाम्रो परिवारकी हिरा भई ।

घरव्यवहार र मेलापातको हरेक कुरा हामी तीनैजनासँगै बसेर गर्थिउँ ।

एकदिन आमाले हामी दुबैलाई राखेर हाम्रो घरपरिवारको सारा इतिबृतान्त बताउनु भयो । हामी रातभर रुँदैरुँदै बस्यौँ । सोमकला पनि हाम्रो बेदनाको साझेदार भई । मेरो मन हलुका भयो । अलिअलि डर पनि लाग्यो कतै उसलाई नराम्रो असर प¥यो कि भनेर तर त्यसो भएन । अर्को दिनदेखि त ऊ झन परिवर्तन भई । घर व्यवहार र आमाको खुब ख्याल राख्न थाली ।
एकपटक सोमकला नभएको मौकामा आमाले मलाई भन्नुभयो, सानै उमेरकी भएपनि बुहारी व्यवहारमा परिपक्व रैछन् । मेरो एउटा इच्छा पूर्ण भयो । बुहारी साह्रै असल आईन् । अव म नभए पनि बुहारीले यो घर सम्हाल्छिन् ।
हाम्रो घरमा साक्षत लक्ष्मी भित्रिइन् ।

आमाको कुराले मन शान्त भयो । छाती ढक्क फुलेर आयो । खुसीले झन्नैझन्नैै रोएँ, आँखाभरि आँसु भए । आमालाई यस्तो खुसी देख्न पाउनु पनि मेरो अहोभाग्य हो । मनमा यस्तै कुरा आयो । आँखामा आएका आँसु सर्टको बाहुलाले पुछ्दै थिएँ, सोमकला आईपुगिछन् । लाज लाग्यो, जुरुक्क उठेर मतानतिर लागेँ ।

सोमकला हाम्रो घरमा भित्रिएर परिवारमा सामेलभएदेखिहाम्रो घर प्रेमको गुँडमा परिवर्तन भयो । हाम्रो घर भगवानको मन्दिरजस्तो भयो । हामी आफैँ भगवानजस्ता भयौँ । सधैँ शान्त, सधैँहाँसीखुसी । त्यस्तो दिन मैले सम्झेको पनि थिईन । आमाका गालामा मुजा कम भएजस्तो देखेँ । गालाको छालामा हल्का गुलावी रङ भरिन थालेको भान भयो । आमाका हात समाएर एस्सो छाला ताने, पहिलेजस्तो एकआपसमा टाँसिएन । तुरुन्तै बस्यो । आमाको शरीरमा रगत भरिएछ, खुसी लाग्यो ।

हाम्रो घरमा सधैँ चारपाँच घार मौरी नित्य हुन्थे । हजुरबा बितेको एकवर्षको विचमा सबै मौरी हाम्रा घरका सबै घार रित्याएर गएका थिए । त्यसपछि कहिल्यै फर्केका थिएनन् ।

सोमकला हाम्रो घरमा आएको तीन महिनाभित्रै आम्रो घरमा तीनघार मौरी आए ।

यसरी घारमा मौरी भित्रिएको देखेर आमाले भन्नुभयो, ‘अव हाम्रो घरमा पनि सह भित्रीयो ।’ आमाको कुराले प्रफुल्लित भएँ ।
मौरीका घार हेरेर आमा दङ्ग पर्नु भयो ।

सोमकला र म सँगसँगै घाँसदाउरा र मेलापात गर्न थाल्यौँ । हाम्रो प्रेम केराउको दानाजसरी बिस्तारै टुसायो, बाँसको तामाजस्तो हलक्कै बढ्यो र मखमलीजस्तो फुल्न थाल्यो ।

#यम बास्तोला

 

क्रमश…

                                              

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...