Admission Open

ad place

दुङमेनले ल्याए कथासंग्रह ‘झुमा’

काठमाडौँ : साहित्यकार अर्जुन दुङमेनले नयाँ कथा संग्रह ‘झुमा’ पाठकमाझ ल्याएका छन् ।
कथा संग्रह ‘झुमा’मा एभिएसन, कुरुक्षेत्र, नाकाबन्दी, दुखीलालको कथा, वृद्धप्रेमलगागयत १२ कथा समावेश छन् । कोरोना महामारीका कारण विमोचनको औपचारिक कार्यक्रम भने नगरिएको लेखक दुङमेनले बताए ।

दुङमेनले कथा संग्रहमा प्रेम, वैवाहिक जीवनपछिको पारिवारिक दायित्व, सन्तानप्रति माया, राजनीतिप्रतिको गुनासो, सामाजिक यथार्थ, प्रेम पछिको वियोग, कोरोना सन्त्रास र यसको नकारात्मक प्रभाव लगायतका विषयलाई समेटेका छन् ।

झुमामा वरिष्ठ साहित्यकार डा.ध्रुवचन्द्र गौतमका शुभकामना पनि छापिएको छ। साहितयका गौतमले झुमाले दुङमेनको सम्भावनाको ढोकालाई फराकिलो बनाएको उल्लेख गरेका छन्।

खोटाङ लिखुवापोखरीका दुङमेनको यो चौथो कृति हो । यसअिघ उनका आधुनिक कप्युटर विज्ञान (२०६१), घुम्तीबीचका पर्खालहरु (कथा संग्रह, २०६९) र जीवन यात्रा (गीतिसंहग्र, २०७०) प्रकाशित छन्।

यस्तै, आमा (संस्मरण), जीवन यात्रा भाग–२ (गीति एल्बम), अफसोच (गजल संग्रह) दुङमेनका प्रकाशोन्मूक कृति हुन्।

११२ पृष्ठको झुमाको मूल्य तीन सय रुपैयाँ राखिएको छ।

टिप्पणिहरु
Loading...