# विशाल कुमार साह
चलिरहेको छ देश
तर कसरी ?
एकचोटी आँखा त खोल !
सडकमा गाडीनै गुडिरहेका छन्
तर कसरी ?
एकचोटी आँखा त खोल !
भित्रिई रहेको छ रेमिट्यान्स
धानिएको छ अर्थतन्त्र ?
बाँचेका छन् जनता ?
एकचोटी आँखा त खोल !
चिनिन्छ हाम्रो देश जताततै
र त हाँसेका छन् मूर्तिहरु दूर-दराजको म्युजियममा
तर कसरी ?
एकचोटी आँखा त खोल !
फुलिरहेका छन् गुराँस
फलिरहेको छ अनाज ?
नाचिरहेका छन् किसान ??
चलिरहेको छ देश
तर कसरी ?
एकचोटी आँखा त खोल… ।
# जनकपुर [[email protected]]