Admission Open

ad place

सेयर बजारमा हरियाली : नेप्से परिसूचक १०५ अंकले बढ्यो

[ ६ कम्पनीको शेयरमा सकारात्मक सर्किट ]

काठमाडौं : साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारमा हरियाली छाएको छ । आज शेयर बजार नेप्से परिसूचक भारी अंकले बढेको छ । आज शेयर बजार नेप्से परिसूचक १०५ अंकले बढेर २,८८५ दशमलव ५३ को विन्दुमा कायम भएको छ । आज १९० वटा कम्पनीको शेयर मुल्य बढेको छ भने १ कम्पनीको मात्र शेयर मुल्य घटेको छ ।

आज सबैभन्दा धेरै विन लघुवित्त वित्तीय संस्था, लिर्टि इनर्जी कम्पनी, शिभ श्री हाइड्रोपावर कम्पनी र निफ्रका लगानीकर्ताले कमाएका छन् । यी कम्पनीका लगानकिर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । बुद्धभुमी हाइड्रोपावर कम्पनीका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् ।

नेपाल लघुवित्तिय संस्था, नेपाल इन्फ्राइन्टक्चर बैंक, बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेड, लिवर्टी इनर्जी कम्पनी लिमिटेड, शिभश्री हाइड्रो पावर कम्पनील लगायतले आजको बजारमा हरियाली ल्याउन सहयोग गरेका छन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...