Admission Open

ad place

घट्यो सुन चाँदीको मूल्य, हेर्नुहोस कतिमा हुँदैछ कारोबार

काठमाडौं, ९ माघ : साताको पहिलो कारोबार दिन आईतबार आज सुन चाँदीको मूल्य घटेको छ । गतहप्ता अन्तिम कारोबार मूल्य ९३ हजार ८ सय रुपैयाँमा भएको छापावाला सुन तीन सय रुपैयाँले घटेर आज प्रतितोला ९३ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै तेजावी सुन प्रतितोला ९३ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

गतहप्ता अन्तिम कारोबार मूल्यको तुलनामा चाँदी प्रतितोला १० रुपैयाँले घटेर एक हजार तीन सय १५ रुपैयाँमा कारोबार भइरेको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...