काठमाडौं, २७ पुस : राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३०० औं जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस आज विविध कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ ।
पृथ्वीनारायण शाहको जन्म विसं १७७९ पुस २७ गते गोरखामा राजा नरभूपाल शाह र रानी कौशल्यावतीका कोखबाट पृथ्वीनारायण शाहको जन्म भएको थियो ।
पृथ्वी जयन्तीको अवसरमा आज सिंहदरबारको पश्चिम गेट अगाडि अवस्थित पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पणको कार्यक्रम राखिएको छ ।
सर्वसाधारणका साथै राजावादी संघ संस्थाहरु लगायत पूर्वराजा ज्ञानेन्द्र शाहले पनि शालिकमा माल्यार्पण गर्ने कार्यक्रम रहेको छ । पूर्वराजाले मध्याह्न सिंहदरबार गएर पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्ने कार्यक्रम रहेको छ ।