Admission Open

ad place

अमेरिकाबाट पुरस्कारका लागि निवेदन आह्वान

भर्जिनिया/अमेरिका : नेपाली पत्रकारहरुको अन्तर्राष्ट्रिय सन्जाल (इन्जा) द्वारा हरेक वर्ष प्रदान गरिंदै आएको सामुदायिक पत्रकारिता पुरस्कारको लागि नेपालका विभिन्न जिल्लामा रहेर काम गरिरहेका पत्रकारहरुबाट निवेदन आह्वान गरिएको छ ।

यसैगरी इन्जाले हरेक साल प्रदान गर्दै आएको साहसी पत्रकारिता पुरस्कार (खोजी पत्रकारिता पुरस्कार) को लागि गत वर्ष भरी प्रकाशित र प्रशारित सामग्रीको आधारमा योग्य संचारकर्मी उम्मेदवारको शिफारिस गर्न संचारसंग सम्बन्धित विभिन्न संघसंस्था, संचार जगत, पाठक समुदाय वा स्वयं उम्मेदवारलाई समेत आह्वान गरेको छ ।

यसैगरी यसै वर्षवाट इन्जाले ग्लोवल नेपाली संचार प्रतिष्ठानको अवधारणा अनुसार संचारमा परिस्कृत र वौद्धिक जनशक्ति आकर्षित गर्न पत्रकारिता वौद्धिक सोधवृत्ति पुरस्कारको पनि स्थापना गरेको छ । नेपालबाट सन ६० कै दशकदेखि अमेरिकामा मुख्यालय रहेको विश्व मुद्रा कोषमा कार्यरत रही त्यहांको उच्चपदस्थ नीति निर्मातासम्म बन्न पुग्नु भएका अर्थ विज्ञ स्व.डा.सुखदेव साहको स्मृतिमा स्थापित यो पुरस्कार नेपालमा पत्रकारितामा एमफिल, पिएचडी सोधपत्र वा सोही स्तरका एकेडेमिक तहमा काम गरिरहेकाहरुलाई सोध वृत्तिको रुपमा दिइनेछ ।

TVS_Golden key

यी पुरस्कारको राशी हरेक विधामा १ हजार अमेरिकी डलर रहेको छ । साहसी पत्रकारिता पुरस्कार र सामुदायिक पत्रकारिता पुरस्कारका लागि प्रतिष्पर्धामा सहभागी हुन वा शिफारिश गर्न इच्छुक पत्रकारहरुले सन् २०२१ भरी प्रकाशित प्रसारित समाचारहरुको लिंक वा भिजुअलप्रति इञ्जाको अफिसियल इमेल  [email protected]  मा फेब्रुअरी १० सम्ममा पठाइसक्नु पर्नेछ ।

यी सवै पुरस्कारहरु आगामी मार्च १ मा काठमाडौंमा आयोजना हुने इञ्जा डे समारोहमा प्रदान गरिने कार्यक्रम रहेको इञ्जा मुख्यालयले जनाएको छ ।

ईन्जाले विगत तीन वर्षदेखि पुरस्कार वितरण गर्दै आएको छ ।

टिप्पणिहरु
Loading...