Admission Open

माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने शिक्षा मन्त्रालयको निर्णय

काठमाडाैं, २६ पुस :  शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले आगामी माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।

शिक्षा सचिवको नेतृत्वमा सोमबार बिहान बसेको बैठकले बैठकले कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र ((सीसीएमसी) ले गरेको सिफारिसलाई कार्यान्वयनमा लैजानेसाे निर्णय गरेको हाे ।

यसअघि आइतबार बसेको सीसीएमसीसीले कोरोना संक्रमण रोकथामका लागि वार्षिक बिदामा मिलान हुने गरी माघ १५ सम्म विद्यालय बन्द गर्न शिक्षा मन्त्रालयसमक्ष सिफारिस गरेको थियो ।

बन्दको मोडालिटीबारे मन्त्रालयले केहीबेरमा सूचना जारी गर्दैछ ।

टिप्पणिहरु
Loading...