Admission Open

माओवादी अध्यक्ष प्रचण्ड र नेता नारायणकाजीलाई कोरोना संक्रमण

काठमाडौं, २४ पुस : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठ कोरोना संक्रमित भएको सचिवालयले जनाएको छ ।

केही दिनदेखि असहजता भएपछि शुक्रबार साँझ पीसीआर परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको प्रचण्डको निजी सचिवालयले जनाएको छ ।
सचिवालयका अनुसार कोरोना संक्रम भए पनि उनको अवस्था सामान्य रहेको छ । प्रचण्डले निजी निवासमै आराम गरिरहेको बताईएको छ ।

त्यसैगरी माओवादीका अर्का नेता नारायणकाजी श्रेष्ठलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ ।
डाक्टरको सल्लाहअनुसार आइसोलेशनमा बस्नुपर्ने भएकोले पार्टीका पूर्वनिर्धारित कार्यक्रमहरू स्थगित गरिएको सचिवालयले जनाएको छ ।

 

टिप्पणिहरु
Loading...