Admission Open

आजबाट ए डिभिजन लिग फुटबलको आठौं चरणका खेल हुँदै, हालसम्मको अंक तालिका यस्तो छ

काठमाडौं : सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको आठौं चरणको खेल आजबाट सुरु हुँदैछ । दशरथ रंगशालामा हुने खेल दिउँसो १ बजे र अपराह्न पौने ५ बजे सुरु हुनेछ ।

दिनको पहिलो खेलमा संकटा क्लब र सातदोबाटो युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ । आठौंं चरणको खेलमा अपराजित संकटा चौथो जितको खोजीमा छ। बलियो देखिएको संकटा सातदोबाटोविरुद्ध हाबी हुन सक्छ । रवि सिलवालको कप्तानीमा उत्रने संकटालाई विदेशी डिफेण्डर टंम्पी घाइते हुँदा अभाव खड्किनेछ । तेस्रो स्थानको संकटा ७ खेलमा १३ अंक जोडेको छ।

नवप्रवेशी सातदोबाटो अर्काे अप्रत्यासित नतिजा निकाल्ने दाउमा छ । अपराजित संकटालाई हराउँदै सातदोबाटो पुनः आफ्नो सुरुआती लय समात्ने योजनामा छ । ८ अंक जोडेर आठौं स्थानमा रहेको संकटा तेस्रो जित निकाल्दै छैठौ स्थानमा उक्नले दाउमा छ । मानबहादुर तामाङको कप्तानीमा रहेको सातदोबाटोलाई ह्याट्रिक कर्ता विदेशी फरवार्ड माटिन्सको अभाव हुनेछ ।

दिनको दोस्रो खेलमा रेलिगेशन प्रतिस्पर्धा रहेको छ । जहाँ विभागीय टोली एपीएफ फुटबल क्लब र जावलाखेल युथ क्लब आमनेसामने हुनेछ ।

पछिल्लो दुई खेलमा विदेशी खेलाडी उतार्दै एपीएफले आफूलाई बलियो रहेका प्रमाणित गरेको छ । नविन लामाको कप्तानीमा एपीएफ दोस्रो जित निकाल्दै रेलिगेशन जोनबाट टाढा रहन चाहन्छ । एपीएफ ६ अंक जोडेर दशौँ स्थानमा रहेको छ ।

तुलनात्मक रुपमा राम्रो प्रदर्शन गर्दै आएको जावलाखेल पाएको अवसरलाई सदुपयोग गर्दै लय समात्ने योजनामा छ । कुलदीप कार्कीको कप्तानीमा रहेको जावलाखेल ७ अंक जोडेर नवौं स्थानमा छ ।

टिप्पणिहरु
Loading...