Admission Open

आगलागी हुँदा ७ लाख रुपैयाँ बराबरको क्षति

सिमकोट/हुम्ला : हुम्लाको खार्पुनाथ गाउँपालिका–१ प्युसस्थित एक घरमा आगलागी हुँदा रु सात लाख बराबरको धनमाल क्षति भएको छ ।

प्युस गाउँका सुरज शाहीको घरमा मङ्गलबार राति चुलोमा बालिएको आगा सल्केर राति ११ बजेतिर आगलागी भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

आगलागीबाट शाहीको घरमा रहेका सम्पूर्ण सामग्रीका साथै गोठमा रहेका पशु तथा कुखुरासमेत जलेर नष्ट भएको पीडित शाहीकी श्रीमती धनुको गुनासो थियोे ।

सम्पूर्ण सामग्री जलेर नष्ट हुँदा करिब सात लाख रुपैयाँ बराबरको धनमाल क्षति भएको मुचुल्का प्रहरीले गरेको छ ।

टिप्पणिहरु
Loading...