Admission Open

मंगलमनै सही छ : बाबुराजा महर्जन

 


पाइप्स र फिटिङ्स निर्माण सामाग्री उत्पादनमा नेपालकै अग्रणी उद्योग हुने लक्ष्यको साथ सन २००९ मा स्थापना भएको मंगलम पाइप्स नेपालकै पहिलो CPVC पाइप र फिटिंग्स् उत्पादक तथा निर्यातकर्ता हुनुको साथै सबैभन्दा ठुलो पुर्वाधार लगानी भएको पाइपिङ उद्योगहरु मध्ये एक हो । मंगलमले आफ्नो प्रचारात्मक प्रयोजनका लागि “मंगलम नै सही छ” भन्ने सन्देशका साथ विभिन्न कार्यक्रमहरु आयोजना गर्दैछ । यसै सन्दर्भमा विगत २० वर्षदेखि प्लम्बिङ पेशामा लाग्दै आउनुभएका श्री बाबुराजा महर्जनसँग गरिएको कुराकानी वहाँँकै शब्दमा :

 

तपाईं यो पेशामा लाग्नुभएको कति समय भयो ?

म यो पेशामा लागेकोे लगभग २० वर्ष भयो र मंगलमसँग काम गर्न थालेको ४ वर्ष भयो ।

मंगलम पाइपको गुणस्तर र बजारमा उपलब्धताको हिसाबमा तपाईंको अहिले सम्मको अनुभव कस्तो छ ?

मंगलमको पाइप र फिटिङ्सहरु बजारमा सहज रुपमा उपलब्ध छ र यसका उत्पादनहरु सबै नेपालमै हुने र ल्याब टेस्ट भएर आउने हुनाले म यसको गुणस्तरमा ढुक्क छु ।

प्लम्बिङ पेशामा आबद्ध सहकर्मीहरुलाई र घर धनीहरुलाई केही सुझाव दिन चाहनुहुन्छ ?

म सबै प्लम्बर साथी भाइहरुलाई मंगलमनै प्रयोग गर्ने सल्लाह दिन्छु किनकी यसका सबै पाइप र फिटिङ्सहरु नेपालमै उत्पादन हुन्छन् र यिनीहरु गुणस्तर मान्यता प्राप्त पनि छन् । त्यसैले घरधनीहरुलाई के भन्न चाहन्छु भने राम्रोसँग डिजाइन गरेर गुणस्तरीय सामाननै प्रयोग गर्नुपर्छ । बिना नक्सा घर बन्दैन, प्लम्बिङको पनि नक्सा चाहिन्छ । घर बनाउनुभन्दा अगाडि नै कुन–कुन सामान कहाँँ–कहाँँ कसरी राख्ने भनेर कन्फर्म गर्नुपर्छ । यसका साथै सामानको लागत पनि राम्रोसँग बुझेर काम गर्नुपर्छ, यसो ग¥यो भने सबैभन्दा उत्तम हुन्छ । अनि प्लम्बर छनोट गर्दा अनुभवी र दक्ष प्लम्बर छान्यो भने काम गर्न सजिलो हुन्छ र घर पनि राम्रो बन्छ ।

तपाईंको विचारमा मंगलमनै किन सही छ ?

बजारमा धेरै प्रकारका पाइपहरु छन् तर मंगलमले प्लम्बिङको लागि चाहिने सम्पूर्ण सामानहरु नेपालमै उत्पादन गर्छ । प्लम्बिङमा २–३ थरीको कम्पनी मिक्स गरेर काम गर्न मन लाग्दैन र गर्नु पनि हुँदैन । मंगलमले पनि त्यही अनुसार प्लान्ट राखेको छ । आवश्यकता अनुसार सबै सामानहरु यहीँ उत्पादन हुने र नेपाल गुणस्तर मान्यता प्राप्त भएकोले मलाई चाँहि मंगलमनै सही लाग्छ ।

टिप्पणिहरु
Loading...