Admission Open

ad place

सुन र चाँदीको मूल्य उकालो

काठमाडौं, १८ : पुस सुनचाँदी बजारमा साताको पहिलो कारोबारदिन आइतबार छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार ४ सय रुपैयाँ तोकिएको छ ।

अघिल्लो दिन प्रतितोला ९२ हजार ७ सय रुपैयाँमा कारोबार भएको पहेँलो धातुको मूल्य आइतबार प्रतितोला ७ सय रुपैयाँले उकालो लागेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला ९२ हजार ९ सय रुपैयाँ तोकिएको छ, जसको मूल्य गत शुक्रबार प्रतितोला ९२ हजार २ सय रुपैयाँ थियो ।

त्यस्तै आइतबार चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १० रुपैयाँले बढेर एक हजार २ सय ७० रुपैयाँ पुगेको महासङ्घले जनाएको छ । अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८ सय २९ डलर आसपास कारोबार भइरहेको छ ।

टिप्पणिहरु
Loading...