Admission Open

ad place

काठमाडौं उपत्यकाको पार्दर्शीता ह्वात्तै घट्यो विमानस्थलबाट हुने आन्तरिक र वाह्य उडान प्रभावित

काठमाडौं, १६ पुस : खराब मौसमका कारण काठमाडौं उपत्यकामा बाक्लो हुस्सु लागेको र भिजिबिलिटी १०० मिटरमा झरेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हुने सबै उडान प्रभावित भएका छन्। सामान्यता उडानका लागि भिजिबिलिटि ३ हजार मिटर चाहिने भए पनि १ सय मिटरमा झरेपछि विमान अवतरण पनि हुन सकेका छैनन् ।

त्रिभुवन विमानस्थल टर्मिनल कार्यालयका अनुसार भिजिबिलिटी ह्वात्तै घट्दा आन्तरिक तथा बाह्य उडान हुन नसकेको हो । कुवेतबाट आएका जजिरा एयरलाइन्सका दुईवटा विमान सिमरामाथिको आकाशमा फन्को लगाइरहेको टर्मिन कार्यालयले जानकारी दिएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार बिहानैबाट देशभर बाक्लो हुस्सु र कुहिरो लागेको छ । पश्चिमी न्यून चापीय प्रणाली र भारतको उत्तर प्रदेशको पूर्वी भूभाग र बिहार आसपासमा रहेको न्यूनचापीय क्षेत्रको प्रभावका कारण पनि हुस्सु लागेको हो ।

आज बिहानैदेखि काठमाडौं उपत्यकासहित तराईका भूभागहरुमा बाक्लो हुस्सु र कुहिरो लागेको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...