काठमाडौं : नेपाल बङ्गलादेश बैंकको सञ्चालक समितिको बैठकबाट बैंकको वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृतमा भुपेन्द्र पाण्डेलाई नियुक्त गरेको छ ।
बैकिङ क्षेत्रमा झन्डै २० वर्षको लामो अनुभव भएका पाण्डे यसअघि राष्ट्रिय वाणिज्य बैंक तथा नेपाल इन्फ्रास्ट्रक्चर बैंकमा नायब प्रमुख कार्यकारी अधिकृत (Deputy CEO) पदमा कार्यरत थिए । पाण्डे Fellow Chartered Accountant (FCA) हुनुका साथै उनले वाणिज्य शास्त्रमा स्नातकोत्तर गरेका छन् ।
हालका वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुंगानाको कार्यकाल यही २०७८ साल पौष १६ गते सकिँदैछ । नवनियुक्त वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत पाण्डेले माघ १ गतेदेखि आफ्नो कार्यभार सम्हाल्ने जानकारी बैंकले दिएको छ ।
हाल बैंकले १०० शाखा, १० एक्सटेन्सन काउन्टर, तथा ८४ वटा ATM बाट बैकिङ सुविधा दिँदै आएको छ ।