Admission Open

ad place

पछिल्लो २४ घण्टामा थप २७१ जनामा कोरोना संक्रमण पुष्टि, २२५ जना संक्रमणमुक्त १ को निधन

काठमाडौं , १२ पुस : पछिल्लो २४ घण्टामा थप २७१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलले जनाएको छ ।

मन्त्रालयलले जनाएअनुसार ९ हजार १ सय ५७ जनाको पीसीआर परीक्षण गर्दा २५१ जना र १ हजार ७ सय २९ जनाको एन्टीजेन परीक्षण गर्दा २० जना गरी २७१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा १ जनाको मृत्‍यु भएको छ भने २२५ जना संक्रमणमुक्त भएको पनि मन्त्रालयलले जनाएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...