Admission Open

ad place

निरन्तर घट्दै छ सुनको मूल्य

काठमाडौं, ७ पुस : साताको चौथो दिन बुधबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला ९३ हजार रुपैयाँ कायम भएकोमा बुधबार ४०० रुपैयाँले घटेर प्रतितोला ९२ हजार ६०० रुपैयाँ कायम भएको हो ।
बुधबार छापावाल सुन प्रति १० ग्राम ७९ हजार ३९० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । त्यसैगरी, तेजाबी सुन प्रतितोला ९२ हजार एक सय रुपैयाँ कायम भएको छ ।

त्यस्तै, तेजाबी सुन प्रति १० ग्राम ७८ हजार ९६० रुपैयाँ कायम भएको महसंघले जनाएको छ । बुधबार चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले बढेको छ । बुधबार चाँदीको मूल्य प्रतितोला एक हजार २३५ रुपैयाँ कायम भएको छ ।

मंगलबार चाँदी प्रतितोला एक हजार २४५ रुपैयाँ कायम भएको थियो । त्यस्तै, चाँदीको मूल्य प्रति १० ग्राम एक हजार २९ रुपैयाँ कायम भएको महसंघले जनाएको छ ।

 

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...