काठमाडौँ, २४ मंसिर
काठमाडौंको भृकुटीमण्डपमा ‘उत्साह, एकता, रुपान्तरण : सफल बनाऔं नेपाली कांग्रेसको १४ औं महाधिवेशन’ भन्ने मूल नाराका साथ शुरु भएको महाधिवेशनको उद्घाटन प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाले गर्नु भएको छ ।
उद्घाटन सत्रमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेल, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, नेकपा (माले)का महासचिव सीपी मैनाली सहितका नेताहरु सहभागी भएका थिए ।
विदेशबाट आएका अतिथिले पनि कांग्रेस महाधिवेशनलाई शुभकामना दिएका छन् ।
त्यस्तै द्घाटन समारोहमा विभिन्न सांस्कृतिक झलकहरु पनि प्रदर्शन गरिएको छ ।