काठमाडौँ, १९ मंसिर
सहिद स्मारक ए डिभिजन लिगमा शनिबार भएकाे खेलमा च्यासल र एनआरटी १-१ बराबरी खेल्दै अंक बाँडेका छन्।
दशरथ रंगशालामा भएको खेलमा पहिलो हाफ च्यासलले १-0 को अग्रता लिएको थियो ।खेलकाे ४३औं मिनेटमा भलिमा रुपेश बर्ताैलाले उत्कृष्ट गाेल गर्दै च्यासललाई अग्रता दिलाए । कमल श्रेष्ठकाे कर्नरमा एनआरटीका खेलाडीले बल क्लियर गर्न नसकेपछि रुमेशले भलिमार्फत गाेल गरे । खेलमा आक्रमक सुरुआत गरेको एनआरटीले पहिलो हाफमा गोल भने निकाल्न सकेको थिएन ।
दाेस्राे हाफमा एनआरटीले बराबरी गाेल फर्कायाे ।
चार पल्टको विजेता एनआरटीको लागी यो लगातार दोस्रो बराबरी हो । लगातार दाेसाे बराबरीपछि ३ खेलबाट २ अंक जाेडेकाे छ । उता च्यासलले ३ खेलबाट ४ अंक जाेडेकाे छ ।
एनआरटीका प्रशिक्षक राजुकाजी शाक्यले शनिबारको खेल राम्राे खेलेपनि समयमा स्काेर नहुँदा ३ अंक लिने लक्ष्य पूरा नभएकाे र एक अंकमा चित्त बुझाउनुपरेकाे बताए ।
उता च्यासलका प्रशिक्षक बालगाेपाल साहुखलले टिमकाे प्रदर्शनबाट सन्तुष्ट भएकाे र फरवार्ड लनइनमा अझ सुधार गर्नुपर्ने बताए । एनआरटीले फेयर प्लेकाे अवस्थालाई बिगार्दा मैदानमा नदेखिनुपर्ने सिन देखिएकाे उनले बताए ।
आइतबार प्रतियोगिताको एक मात्र खेल हुनेछ र त्यसमा ब्रिगेड ब्वाइज तथा आर्मी भिड्ने छन् ।